Breaking News

चितवनको इच्छाकामनामा ट्रक र मोटरसाइकल ठोक्किदा आर्मी सिपाहीको मृत्यु

Banner

चितवन, कात्तिक ७–

चितवनको इच्छाकामना गाउँपालिका–४, स्थित पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आर्मी सिपाहीको मृत्यु भएको छ ।

नवलपरासीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई आज विहान ५ः३५ बजेको समयमा ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनिल महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उपचारका लागि भरतपुर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

महतो श्री रण शारदल गण बुटवलमा कार्यरत आर्मीको सिपाही हुन् । दुर्घटनामा मोटरसाइकल पछाडी सवार सर्लाहीको बागमती–८ की १९ वर्षीया निसा मगर घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>