चितवन विशेष
भरतपुरको बुद्धचोकमा खुल्यो ‘आदर्श सुपर स्टोर्स’

चितवन, कात्तिक ७–
पछिल्लो समयमा भरतपुर क्षेत्रभित्र डिपार्टमेन्टल स्टोर्स खुल्ने क्रम बढ्दै गएको छ । आइतबार भरतपुर महानगरपालिका–७ मा थप एक डिपार्टमेन्टल स्टोर्स ‘आदर्श सुपर स्टोर्स’ संचालनमा आएको छ । भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले उक्त आदर्श सुपर स्टोर्सको समुद्घाटन गरे ।
स्टोर्सका संचालक पवन अधिकारीले डिपार्टमेन्टल स्टोर्सको भीडमा थप गुणस्तरीय र सहुलियत स्टोर्स संचालनमा ल्याएको बताए । ‘अहिले धेरै स्टोर्सहरु खुल्ने क्रम सुरु भएको छ, यही बीचमा हामी स्तरीय र सहुलियत दिने उद्देश्यले डिपार्टमेन्टल स्टोर्स संचालनमा ल्याएका हौं’–संचालक अधिकारीले भने ।
उनका अनुसार दुई तले यस स्टोर्स संचालन गर्दा ३ करोड खर्च भएको छ । पहिलो तलामा दैनिक उपभोग्य वस्तुहरु रहेका छन् भने दोस्रो तलामा भान्सामा प्रयोग हुने भाडाकुडालगायतका सामाग्रीहरु रहेका छन् । संचालक अधिकारीले ग्राहकको च्वाईसका लागि स्टोर्स संचालनमा ल्याएको तिहारको अवसरमा विशेष छुटको व्यवस्था गरिएको बताए । उनले सामान्यतया सबै सामानमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।
२ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्दा एउटा लक्की ड्र कुपनको व्यवस्था गरिएको छ । जसमध्ये एक जना भाग्यशाली विजेताले वासिङ मेसिन उपहार पाउने छन् ।
























