चितवन विशेष

चितवनका युवा आख्यानकार मनोज चौधरीको ‘टुवरा’ सार्वजनिक

Banner

चितवन, कात्तिक ७–

चितवनका युवा आख्यानकार मनोज चौधरी ‘अज्ञात’को नयाँ उपन्यास ‘टुवरा’ सार्वजनिक गरिएको छ । आइतबार नारायणगढस्थित होटल ह्याप्पी होममा माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारले ‘टुवरा’लाई विमोचन गरेका हुन् ।

उपन्यासको नाम ‘टुवरा’ थारु भाषाबाट राखिएको हो । जसलाई नेपाली भाषामा ‘टुहुरा’ भनिन्छ । यस उपन्यासमा गरिब थारू किसानको कथाव्यथा समेटिएको लेखक चौधरीले बताए । लेखक मनोजको पहिलो उपन्यास ‘टुकी’ २०७५ सालमा सार्वजनिक भएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले यस उपन्यासलाई थारु समुदायको कथालाई बोलेको बताए । उनले थारू समुदाय सांस्कृतिकरूपमा धनी भए पनि साहित्यिक क्षेत्रमा यो समुदायको प्रतिनिधित्व कम रहेको भन्दै आख्यानकार चौधरीलाई बधाई दिए । उनले माडी नगरपालिकाले साहित्य र साहित्यकार प्रवर्द्धनमा विशेष प्रयास गर्ने प्रतिबद्धता जनाएकी छन् ।

थारू पत्रकार संघ नेपाल चितवन शाखाले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका बारेमा विभिन्न व्यक्तिहरूले चर्चा गरेका थिए । कार्यक्रममा समिक्षक उदय अधिकारी, रमेश प्रभात, अमर जनशक्ति बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख तोयानाथ पौडेललगायतले यस उपन्यासमा भुइँमान्छेको कथा समेटिएको बताएका थिए ।

यस्तै कार्यक्रममा समीक्षक ज्ञानेन्द्र महतो, भरतपुर महानगरपालिका वडा नम्बर–२२ का वडाध्यक्ष विष्णुराज महतो, साहित्यकार धनराज गिरी, प्रकाशक शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेल, थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, थारु पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरी, आशाराम चौधरीलगायतले थारू समुदायको वर्तमान अवस्था किताबमा कम आएको भन्दै लेखक चौधरीलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>