चितवन विशेष

चितवनमा मनाइयो आयुर्वेद उपचारका प्रर्वतक धनवन्तरी जयन्ती

Banner

चितवन, कात्तिक ६-

आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तकका रुपमा चितवनमा धन्वन्तरी जयन्ती मनाइएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि कात्तिक शुक्ल पक्षको त्रयोदशी तिथिका दिन आज धनवन्तरी जयन्ती मनाइएको हो ।

शिवघाट आयुर्वेद औषधालय भरतपुर महानगरपालिका–४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष अर्पण पोखरेलले हामीसँग भएका जडीबुटी र ज्ञानको महत्व बुुझ्न र बुुझाउनतर्फ ध्यान दिनुपर्ने बताए । सो अवसरमा विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका शाखा अधिकृत झलककुमार श्रेष्ठले यो आयुर्वेद औषधालयले कोभिडको महामारीमा उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिँदै यसको सेवा बिस्तार गर्न जरुरी भएको बताए ।

सो अवसरमा औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय संघसस्था, टोल विकास समिति, आमा समूह र स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम शिवघाट आयुर्वेद औषधालयका प्रमुख उमा आर्चायको अध्यक्षतामा भएको थियो ।
कविराज लालप्रसाद पौडेलका अनुसार धनवन्तरी ऋषिले विश्वकै प्राचिन चिकित्साशास्त्र आयुर्वेदकोे प्रार्दुभाव र विकास गरेका हुन् । विसं २०५६ सालदेखि आजैका दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि देशब्यापी रुपमा मनाउन थालिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>