चितवन विशेष

चितवनको चिसाप लीलानर्मदा साहित्य पुरस्कार –२०७८ विराटनगरका स्रष्टा नवोदितलाई दिइने

Banner

चितवन, कात्तिक ५-

चितवनको चिसाप लीलानर्मदा साहित्य पुरस्कार विराटनगरका स्रष्टा मीनकुमार नवोदितलाई अर्पण गरिने भएको छ ।

चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले नवोदितको कवितासङ्ग्रह ‘समयको बयान’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कारको स्थापना सरस्वती रिजाल र स्व.उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गर्नुभएको हो । यस पुरस्कारको राशी १५ हजार ४५ रुपैयाँ नगद र सम्मान पत्र रहेको छ

चिसापले विसं २०७३ सालबाट निरन्तर रूपमा प्रदान गर्दै उक्त पुरस्कार यसभन्दा अघि रमादेवी शर्मा, श्रीओम श्रेष्ठ रोदनको भनौ कि नभनौँ (निबन्धसंग्रह), विश्वनाथ अधिकारीको टिम्बुरको झोल(कथासंग्रह),विमल वैद्यको अक्षर सिम्फोनी ( कवितासंग्रह) र ललित विष्टको मोहपथ ( कथासंग्रह) लाई अर्पण गरिएको थियो ।

पुरस्कार ११४ औँ लक्ष्मी जयन्तीको अवसरमा यही कात्तिक ७ गते बिहान ११ बजे विशेष कार्यक्रमका बीच चिसाप भवनमा अर्पण गरिने परिषद्का निवर्तमान अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>