चितवन विशेष

चितवनका समालोचक उदय अधिकारीको नयाँ पुस्तक ‘लिटल भोल्कानो’ सार्वजनिक

Banner

चितवन, कात्तिक ५-

चितवनका साहित्यकार तथा समालोचक उदय अधिकारीको नयाँ पुस्तक ‘लिटल भोल्कानो’ चितवनमा सार्वजनिक भएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्राध्यापक तथा कवि डा हरिहर पौडेलले सो पुस्तक सार्वजनिक गर्नुभएको हो । अंग्रेजी तथा नेपालीमा लेख्ने अनुवादक तथा साहित्यकार महेश पौडेलसँग गरिएको लामो अन्तर्वार्ता पुस्तकमा समावेश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागमा प्राध्यापनसमेत गर्ने पौडेल नयाँ अनुहार र युवा पुस्तामा चर्चित व्यक्तित्व भएकोले आफूलाई मनपरेर उहाँलाई पुस्तकमा समावेश गरिएको लेखक अधिकारीले नारायणी अनलाइनलाई बताउनुभयो । कविडाँडा साहित्य समाजका कार्यवाहक अध्यक्ष रहनु भएका उदय अधिकारीको यो दोस्रो पुस्तक हो । अंग्रेजीमा लेखिएको यो पुस्तकमा ८० पृष्ठ रहेको छ भने यो पुस्तकलाई बीएन प्रकाशनले प्रकाशित गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>