इच्छकामना

कांग्रेस उम्मेदवार श्रेष्ठ भोट माग्न पहिलो पटक इच्छाकामनाको विकट गाउँहरुमा

Banner

चितवन, कात्तिक ५

नेपाल सरकारका राज्यमन्त्री एवम् चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुंँचमा पु¥याउने बताउनुभएको छ ।

शुक्रबार पहिलो पटक इच्छाकामना गाउंँपालिका विकट ठाउंँहरुमा पुग्नुभएको उहाँले मतदाता भेटघाट गर्ने क्रममा शिक्षा र स्वास्थ्यको पहुंँच बिना उनीहरुको जीवनस्तर उकास्न नसकिने बताउनु भयो । इच्छाकामनामा अन्य ठाउंँका हिसाबले पछाडि परेकोले आफूले निर्वाचन जितेपछि यहांँका विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उहाँले दाबी गर्नुभयो । ‘मैले शिक्षा क्षेत्रमा हजारांै विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यमा पहुंँछ पु¥याउनेछु’ उहाँले भन्नुभयो ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य रोजगारीबाटनै गरिब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउंँदै उहाँले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताउनुभयो । शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भइसकेको बताउंँदै उहाँले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो । ‘ हिजोका नेताले यहांँ के गरे मूल्यांकन गर्नुस् । मैले के गरे त्यो पनि तपाइँहरुले देख्नु भएकै छ । म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुंँ’ श्रेष्ठले भन्नुभयो ।

यहांँको युवा महिला, बृद्धबृद्धाले दुःख पाएकोले यहांँको लागि युवा महिला लक्षित विशेष कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । ‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी, बालबालिका र बृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ,’ श्रेष्ठले भन्नुभयो । शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठूलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उहाँले बताउनुभयो । ‘अब यस्ता ठाउंँमा कृषिको प्रवद्र्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौती र आवश्यकता हो र मेरो प्राथमिकता पनि हो’ उहाँले भन्नुभयो । आफू बिपन्न गरिबको सेवा गर्न पाउंँदा खुसी हुने भन्दै यो अवसर दिन उहाँले आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>