Breaking News

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज, सर्वोच्चले गर्‍यो खारेजको निर्णय सदर

Banner

काठमाडौँ, कात्तिक ४–

अन्ततः रुपन्देही निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खारेज भएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट गुरुङले उम्मेदवारी दिएका थिए । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन । तसर्थ यस अदालतबाट मिति २०७९ असोज ३० मा जारी भएको अल्तकालीन अन्तरिम आदेशलाई निरन्तरता परिरहन परेन । अरु कानुन बमोजिम गर्नु ।’

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसलगत्तै गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>