चितवन विशेष

घरको छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु

Banner

चितवन, कात्तिक ४–

भरतपुर महानगरपालिका–११ जखडीमाईस्थित घरको छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ऋषिराम भट्टको दुई वर्षीय नाती सियास भट्ट रहेका छन् ।

हिजो (बिहीबार) दिउँसो करिब १२ः४० बजेको समयमा आफ्नै घरको छतमा खेल्ने क्रममा तीन तलामाथिबाट खसेर बालक गम्भिर घाइते भएका थिए ।

उनको उपचारको लागि चितवन मेडिकल कलेजतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मृतक बालकको बुबा सिताराम भट्ट र आमा आशा भट्ट हाल जापानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>