चितवन विशेष

स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भरतपुरमा विपद् व्यवस्थापन तालिम

Banner

चितवन, कात्तिक ३-

विपद्बाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आजबाट भरतपुरमा दुई दिने तालिम सुरु भएको छ ।

भरतपुर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।

भोलि शुक्रबारसम्म चल्ने तालिम उद्घाटन सत्रमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्राकृतिक विपद्को जोखिमबाट हुने क्षतिबाट बच्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्नेमा बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले बिना सूचना आउने बिपद्बाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह समेत गर्नुभयो ।

भूकम्प, आगलागी, बाढीपहिरो, हावाहुरी, वायुप्रदूषण, शीतलहर, हिमपातलगायतका प्राकृतिक प्रकोपबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न दुई दिने तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद् आउनु अघि, आएको समयमा र विपद् आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने छ ।

कार्यक्रममा बिपद् जोखिमहरु बारे बुझाइ, बिपद् जोखिमसम्बन्धी नेपाल सरकारका नीतिहरु र प्राथमिकताहरु, नेपालमा बिपद् जोखिम सुशासन ( संस्थागत र कानुनी प्रावधानहरु), स्थानीय तहमा बिपद् जोखिम ब्यबस्थापन सुशासन र स्थानीय बिपद् जोखिम ब्यबस्थापन ऐन, स्थानीय बिपद् जोखिम ब्यबस्थापन समितिको काम र कर्तव्यहरु, स्थानीय तहमा बिपद् जोखिम ब्यवस्थापन कोष सञ्चालन कार्यविधि र बिपद् लेखाजोखा मार्गदर्शनका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्रहरु प्रस्तुत गरिएको छ । तालिममा भरतपुर महानगरका २९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>