कालिका

चुनावी प्रचारको क्रममा पदमपुरमा उमेश श्रेष्ठद्वारा गणेशको मूर्ति र २५ हजार बितरण

Banner

चितवन, कात्तिक ३-

नेपाली कांग्रेसबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार पदमपुरमा भइरहेको श्रीमद्भागवत महापुराणमा सहभागी मूर्ति र पैसा वितरण गर्नुभएको छ ।

चुनावी प्रसारप्रसार र मत माग्दै हिडिरहनु भएको श्रेष्ठले महापुराणमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ वितरण गर्नुभएको हो ।

कार्यक्रममा श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास गर्नुपर्ने विचार राख्नुभयो । उहाँले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताउनुभयो । उहाँले सबै धर्मप्रति आफ्नो समभाव रहेको समेत बताउनुभयो ।

धार्मिक महोत्सव आयोजकले चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठ र चितवन २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार घनश्याम दाहाललाई रामनामी र फूलमाला लगाइदिएर स्वागत एवम् सम्मान व्यक्त गरेका थिए ।

चितवन २ अन्तर्गत पर्ने कालिका नगरपालिका–३ पदमपुर, गणेश मन्दिर चोकमा कात्तिक १ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव चलिरहेको छ । कात्तिक ७ गतेसम्म चल्ने धार्मिक महोत्सव सिद्दि गणेश मन्दिरको धार्मिक तीर्थस्थल स्तरोन्नति एवम् व्यवस्थापन, संरक्षण र भौतिक पूर्वाधार विकासका लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>