Breaking News
मानार्थ गोल्ड मेडल प्रदान गर्दै स्व. निसिमको सम्मानमा प्याराग्लाइडिङ खेलाडीलाई गलामा नभई हातमा पदक

पोखरा, कात्तिक ३-
नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ ।
खेलकै क्रममा ज्यान गुमाएका उनलाई बिहीबार मानार्थ स्वर्ण पदक हस्तान्तरण गरिएको हो । पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरेका छन् ।
त्यस्तै निसिमको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो र उनले नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए ।
उनको दुर्घटनापछि प्रतियोगिता बिचमै रोकिदा तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरियो छ । जस्मा गण्डकी प्रदेश र नेपाल आर्मीले समान ३र३ स्वर्ण पदक हात पारेका हुन् । निसिम सहभागी भएको विधामा आर्मीले रजत पदक जितेको छ ।
विजेता बनेका खेलाडीलाई मन्त्री गहतराजले पोखरा रंगशालामा नै पदक हस्तान्तरण गरेका छन् । तर, स्वर्गीय थापाप्रति सम्मान गर्दै पदक गलामा नलगाएको र हातमा दिइएको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघले जनाएको छ ।



























