राजनीति

मनाङमा सबैभन्दा कम उम्मेदवार

Banner

मनाङ, कात्तिक २-

प्रतिनिधिसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला मनाङमा सवैभन्दा कम तीनजना उम्मेदवार छन् । एक निर्वाचन क्षेत्र रहेको यो जिल्लामा नेकपा एमालेबाट पाल्देन छोपाङ गुरुङ, कांग्रेसबाट टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य गुरुङ उम्मेदवार बनेका छन् ।

यो जिल्लामा एमालेका पाल्देन र कांग्रेसका टेक बहादुरबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार सबैभन्दा थोरै मतदाता रहेको क्षेत्र मनाङ रहेको छ । मनाङमा कुल ६ हजार सात सय ७९ मतदाता छन्।

०७४ को चुनावमा मनाङमा एमालेका पाल्देङ गुरुङ दुई हजार एक सय ६७ मतसहित विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङ एक हजार नौ सय १९ मत ल्याएर हारेका थिए । ४ मंसिरको निर्वाचनमा फेरि पनि दुईबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>