अपराध

कांग्रेस समर्थक गुरुङलाई आक्रमण गरेपछि तरुण दल धादिङका उपाध्यक्ष राधे भण्डारी पक्राउ

Banner

धादिङ, कात्तिक १-

गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका छन् ।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राधे समूहले बुधबार दिउँसो धादिङबेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो । गुरुङ धादिङबेँसी सिरानबजारका बासिन्दा हुन् । घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । गुरुङ पनि कांग्रेस समर्थक हुन् ।

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटकपटक पक्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । राधेले भीममाथि किन तरबार हाने भन्ने खुलेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>