चितवन विशेष

भरतपुरको आधारभूत विद्यालय सिसाबासलाई शैक्षिक सामग्री सहयोग

Banner

चितवन, असोज ३१-

भरतपुर महानगरपालिका–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासलाई सुग्रो युकेले सहयोग गरेको छ ।

सुग्रोले नर्सरी, केजी र कक्षा १ लाई व्यवस्थित बनाउन तीन वटा कक्षा कोठामा फर्निचर, कार्पेट, ओछ्यान र टिभी सहयोग गरेको हो ।

विद्यालय शिक्षालाई प्राविधिक बनाउन सुग्रोको सहयोगले मुख्य भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक उमेश आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘बालबालिकालाई आराम गर्न ओछ्यानको व्यवस्थासँगै पढ्न बस्नको लागि सुविधाजनक फर्निचर व्यवस्थापन गरिदिएका छन् । केही पुस्तक, कलम पनि सहयोग गरेका छन् । कक्षालाई राम्रो बनाउन कार्पेट पनि छ । छिटो सिकाइको लागि टिभी पनि राखिदिएका छन् । विदेशी संस्थाको सहयोगमा आधुनिक शिक्षा प्रणालीको थालनी भएको छ ।’

यस सहयोग कार्यक्रममा सुग्रोका ७० जना सदस्य विद्यालय आएका थिए । विद्यालयले कार्यक्रमका बीच धन्यवाद ज्ञापन गरेको थियो । नर्सरी, केजी र कक्षा १ की शिक्षिका तुलसीमाया कुमाल र सरस्वती पराजुलीले सुग्रोको सहयोगले पठनपाठनमा सहयोग पुगेको बताए । साथै कक्षा कोठाको व्यवस्थापनले बालबालिकाहरु हर्षित भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>