नवलपरासी

विभिन्न अपराध गरेर उमेर नपुगी बाल सुधारमा राखिएका नवलपरासीका ३ सहित ५ किशोर फरार

Banner

रूपन्देही, असोज ३१-

रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन् । सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर भागेका हुन् । आज विहान ३ बजेतिर उनीहरु भागेको बालसुधार गृहले जनाएको छ ।

भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए ।

फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह स्रोतका अनुसार भान्साको झ्यालको डण्डी काटेर उनीहरु भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ ।

भागेकाहरुको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>