राजनीति

भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउछुः महेश बस्नेत

Banner

भक्तपुर,असोज ३१-

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले आफू विजयी भएमा भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताएका छन्। भक्तपुरमा काम गर्दा एकपैसा पनि घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउछु,वस्नेतले भने।

प्रेस चौतारी भक्तपुरले आइतबार गरेको स्थानीय पत्रकारहरुसँंगको अन्तरक्रियामा बस्नेतले पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने दावी गरे। यो पटक विपक्षी भन्दा तेब्बर बढी मतले विजयी हाँसिल हुने उनको दावी थियो।

अहिलेको नेपाली काँग्रेससहितको सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने दावी उनले गरे। गबन्धन नेताहरुबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन, उनले भने, हामी उही कार्यकर्ताहरुलाई भेटिरहेका छौं र उनीहरु हामीप्रति सकारात्मक छन्।

आफूले भक्तपुर क्षेत्र नं २ मा विकाशको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकको आरोप उनको थियो। यही कारण आफनो मत अझ बढने उनको दावी थियो। आफूले भक्तपुरका लागि छुटाएको बजेट कांग्रेस सरकारमा पुगेपछि ती सबै काटेको आरोप उनको थियो। यही कारण आफ्नो विकासको अपुरा कामलाई पूरा गराउन आफ्नो जित आवश्यक भएको उनले बताए । उनले भक्तपुरमा स्मार्ट सिटीको विकास गर्ने, बैकल्पिक सडकहरु निर्माण गर्ने, सूर्यविनायकमा प्राणी उद्यान बनाउने, रंगशाला बनाउनेलगायतका कामलाई पूरा गर्ने बाचा गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>