राजनीति
मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
०

काठमाडौँ, असोज ३०–
निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ।
आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आज (आइतबार) मन्त्री चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको जानकारी दिए ।
आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुष्ट्याइ गर्ने आधार के छ भनेर पनि प्रश्न सोधेको छ।
आचारसंहिताको दफा छ मा आयोगको पूर्व स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ। त्यस व्यवस्था बमोजिम आयोगको कुनै पूर्वसहमति प्राप्त गरेको छ÷छैन ? भनेर पनि प्रश्न गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























