Breaking News

खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

Banner

काठमाडौँ, असोज ३०–

नवौं राष्ट्रिय खेलकुदको क्रममा एक खेलाडीको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएपछि सरकारले अनिश्तिकालका लागि प्याराग्लाइडिङ उडान बन्द गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

उनले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ ।

अब प्याराग्लाइडिङ उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>