राजनीति
शताब्दी पुरुष जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
०

काठमाडौ,असोज ३०-
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।
उनले बिदा दिइने दिनबारे भने खुलाएनन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ । जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























