अन्तर्राष्ट्रिय

नेता र पत्रकारलाई राख्ने इरानको जेलमा आगलागी

Banner

इरान, असोज ३०-

नेता र पत्रकारलाई राख्ने इरानको एक जेलमा आगलागी भएको छ । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इभिन जेलमा आगलागी भएको हो । तर आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

सामाजिक सन्जालमा सेयर गरिएका भिडियोहरुमा तेहरानमा आगोका ज्वाला र धुवाँको मुस्लो उडेको देखिन्छ । त्यहाँ बन्दुकको गोली चलेको जस्तो आवाज र विष्फोट भएको सुनिन्छ । त्यस्तै सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा रहेको बताए पनि आगलागी जारी रहेको देखिएको बीबीसीले जनाएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>