राजनीति

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको होः नेता सिटौला

Banner

बनियानी, असोज २९–

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताउनुभएको छ । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताउनुभयो । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उहाँको भनाइ छ ।

“यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन”, झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ ।”

उहाँले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताउनुभयो । “जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु”, उहाँले भन्नुभयो, “स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ ।”

जनतालाई खुसी, समृद्धिलगायतका शब्दले नपुग्ने बताउँँदै उहाँले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिनुभयो । गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गर्नुभयो । गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>