चितवन विशेष

मैले चुनाव जिते चितवनमा १० बर्षमै कायापलट हुन्छः उमेश श्रेष्ठ

Banner

चितवन,असोज २९-

चितवन क्षेत्र नम्बर २ गठबन्धन सचिवालयको शनिबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि चुनावी प्रचार प्रसार अभियानको लागि कार्यालयको उद्घाटन गरिएको हो ।

सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको जित नै जनताको जित भएको बताए । उनले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य रोजगारीको लागि भएको भन्दै आफूले चुनाव जितेमा चितवनमा १० बर्षमै कायापलट हुने बताए ।

‘म आफै गरिखाने अभियानको अभियन्ता हो’ उनले भने, युवाहरुलाई रोजगारीमा जोड्नको लागि पनि मैले उम्मेदवारी दिएको हुंँ ।’ यो चुनाव आफू एक्लैको नभएको भन्दै उनले जनताको हातमा नतिजा भएको बताए । आफू लामो समय शिक्षा क्षेत्रमा रहेको र निस्वार्थ भावका साथ राजनीतिमा लागेको भन्दै चितवनको परिवर्तनको लागि उम्मेदवारी दिएको बताए । ‘देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन’ उनले भने, ‘मेरो उम्मेदवारी स्थायी राजनीति र समृद्धिको लागि हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>