खेलकुद

कावासोतीमा नवौँ राष्ट्रिय खेलकुद: सेपाताक्रो खेल सुरु

Banner

कावासोती, असोज २९- 
पूर्वी नवलपरासीको कावासोतीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले प्रतियोगिताअन्तर्गतको सेपाताक्रो खेलको सुमद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन अगाडि सात प्रदेश र विभागीय टिमसहितको खेलाडी, अफिसियल, खेलकुद विकास समितिका पदाधिकारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकारसहितको टोलीले नगरपरिक्रमा गरेको थियो ।

सेपाताक्रो खेलको उद्घाटन खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश नं १ को पुरुष टोलीबीच खेल हुने खेल नेपाल सेपाताक्रो सङ्घका केन्द्रीय अध्यक्ष नेत्रबहादुर गुरुङले बताउनुभयो । महिला र पुरुषको फरक–फरक तीनवटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिनेछन् भने कुस्तीतर्फ सातप्रदेश र तीनवटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिमले भाग लिनेछन् ।

साथै पूर्वी नवलपरासीमा हुने अर्को खेल कुस्ती दिनको ३ बजे उद्घाटन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो । कुस्तीतर्फ सातवटा प्रदेश र तीनवटा विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरेर पुरुष ९१ र महिला ६९ गरी एक सय ६० खेलाडीले भाग लिँदैछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>