Breaking News

वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय कारमा भेटियो लागूऔषध, चार जना पक्राउ

Banner

चितवन, असोज २८–

चितवनमा ठूलो मात्रामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना बारा जिल्लाका रहेका छन् ।

वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको कारमा लुकाएर ल्याइएको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने वर्ष ३८ का सुनिल कुमार, भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, वार्ड नं.२५ पंकजचौक रक्सौल बस्ने वर्ष १९ विकास कुमार र भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने वर्ष ५० का राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नं.१९ बस्ने वर्ष ३५ की प्रतिमा मण्डल रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट डाईजोपाम एक हजार एम्पुल, व्युप्रिनर्फिन एक हजार एम्पुल, फेनारगन एक हजार एम्पुल, खैरो हेरोईन ५२ ग्राम १४० मिलिग्राम बरामद गरेको छ ।

आज बिहानको समयमा बीरगंजबाट नारायणगढ तर्फ आईरहेको भारतीय कारमा लागुऔषध ओसारोसार भई रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली चेकजाँचमा खटिएको थियो । विहान ११ः१० बजेको समयमा केन्द्रीय बस टर्मिनल भरतपुरमा चेकजाँच गर्दा कारका विभिन्न भागमा लुकाएर राखिएको लागूऔषध प्रहरीले बरामद गर्न सफल भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>