राजनीति
परराष्ट्रमन्त्री र विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता
०

काठमाडौं, असोज २८-
विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरेकी छन् । भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो ।
बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























