राजनीति

एमाले सुदुपश्चिमद्धारा पाँच बागी माथी कारबाही

Banner

धनगढी, असोज २८-

नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जनानेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्धय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार प्रदेश कमिटि सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धीत कमिटिले पार्टीबाट निष्कासन गरेको हो।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१) , हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२)र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>