चितवन विशेष

चितवनलाई हरियाली डिजिटल पार्क बनाउने योजनासहित चितवन ३ मा स्वतन्त्र उम्मेदवार दिएका सिलवाल

Banner

चितवन, असोज २८-

चितवन क्षेत्र नं. ३ बाट १३ जनाले प्रतिनिधिसभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यी मध्य एक हुन् युवा बद्री सिलवाल । २६ वर्षिय सिलवालको चुनाव चिन्ह हेलमेट रहेको छ । सिलवालले चुनावी पहिलो एजेण्डाका रुपमा जनताद्धारा चुनिएको प्रत्यक्ष प्रधानमन्त्री शासन व्यवस्था कायम गर्ने जनाएका छन् । उनले चितवनलाई हरियाली डिजिटल पार्क बनाउने भन्दै आफुलाई मत दिन चितवनवासीलाई आग्रह गर्नुभएको छ ।

सिलवालले एमसीसी र एसपीपी जस्ता सम्झौता खारेज गर्ने प्रतिज्ञापत्र माफर्त प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रतिज्ञापत्रमा सीमा सुरक्षाको लागि पर्खाल र काँडेतारको व्यवस्था गर्ने, सिमा विवाद सुल्झाउन सशक्त भूमिका निर्वाह गर्ने,सुकुम्बासी समस्या सम्पूर्ण रूपमा हल गर्ने,जन्मदर्ता र मृत्युदर्ता निःशुल्क गर्ने, माडीबासीलाई वन्यजन्तुबाट हुने क्षतिपूर्ति उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ ।

यस्तै माडीलाई धार्मिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने, कृषि उत्पादन खरिद केन्द्र निर्माण गरी कृषकका उत्पादनलाई बजारीकरण गर्नमा टेवा पु¥याउने सिलवालका प्रतिबद्धतापत्रमा उल्लेख छ । उनले विजयी भए मेघौली एयरपोट संचालन गर्ने,पर्यटकीय गन्तव्यको रुपमा चिनिदै आएको चितवनलाई भौतिक सुविधा सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् ।

सिलवालले बन्द रहेका ठूला उद्योग सञ्चालनमा ल्याउने र घरेलु तथा साना उद्योग व्यापकरुपमा सञ्चालनमा जोड दिने बताए । शारीरिक तथा मानसिक अपाङ्गहरू, असहाय अशक्त र वृद्धवृद्धाहरूको लागि जीवनयापन सहज बनाउन विशेष भत्ताको व्यवस्था गर्न पहल गर्ने जस्ता कुरा उनको प्रतिज्ञापत्रमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>