चितवन विशेष

युवा संघद्वारा निर्वाचन लक्षित युवा परिचालन, वाइसिएल नेता लामा युवा संघ प्रवेश

Banner

चितवन, असोज २८–

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर युवाहरुलाई परिचालन गर्ने भएको छ । त्यसका लागि युवा संघले क्षेत्रीय स्तरमा युवा परिचालन कमिटी गठन गरेको छ ।

चितवन १ मा भुवन लामा, चितवन २ मा चन्द्र लामा र चितवन ३ मा बल बहादुर पाख्रिनको संयोजकत्वमा युवा परिचालन कमिटी गठन गरिएको युवा संघ चितवनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

युवा संघ चितवनको विस्तारीत बैठकले आसन्न चुनावमा नगर, वडा, वुथ सहितमा शशक्त युवा परिचालन गर्ने निर्णय गरेको उनले बताए । यसैबीच वाइसिएल कालिका नगरपालिका–२ का अध्यक्ष सुदिप लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र परित्याग गरी लामा एमालेमा प्रवेश गरेको अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>