Breaking News

विक्रम पाण्डे र विजय गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

Banner

काठमाडौँ, असोज २७–

अधिवक्ता अनिल आचार्यले आसन्न प्रतिनिधिसभामा उम्मेदवार बनेका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

चितवन क्षेत्र नं.३ बाट उम्मेदवारी दर्ता गराएका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सुनसरी–३ मा उम्मेदवारी दिएका विजयकुमार गच्छदार, तनहुँमा रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका गोविन्दराज जोशी, एमाले नेता प्रभु साह, नेताहरु सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।

सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशी भ्रष्ट्रचार मुद्दा खेपिरहेका छन् । त्यस्तै चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेको, सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका, महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको रिटमा उल्लेख गरिएको छ ।

उनले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>