चितवन विशेष

चितवनमा नेताहरुलाई लाग्यो चुनाव, चिया पसल पुगे उमेश श्रेष्ठ

Banner

चितवन, असोज २७–

प्रतिनिधि सभाको निर्वाचन घोषणा हुनुअघि कांग्रेस नेता उमेश श्रेष्ठ गृह जिल्ला चितवनमा कमै आउँथे । प्रधानमन्त्री कार्यालयको राज्यमन्त्री समेत रहेका श्रेष्ठ कहिलेकाँही औपचारीक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आउँथे । चितवन कांग्रेसकै नेता कार्यकर्तालाई नै  श्रेष्ठ चितवन आएको थाहा हुँदैनथ्यो ।

निर्वाचन घोषणा भइसकेर चितवन २ बाट उठ्ने तय भएपछि श्रेष्ठलाई कार्यकर्तासम्म पुग्न भ्याइनभ्याई छ । उमेदवारी दर्ता भइसकेपछि त श्रेष्ठ कार्यकर्तालाई भेट्न चिया पसलसम्म धाउन थालेका छन् । बिहीबार बिहान पनि श्रेष्ठ भरतपुरको एक चिया पसलमा कांग्रेसीहरुसँग चिया पिउँदै गरेको अवस्थामा भेटिए । अरुले दूध चिया खाँदै थिए भने श्रेष्ठले कालो चिया खाँदै थिए ।

कार्यकर्तामाझ खासै नभेटिने श्रेष्ठ चुनाव नजिकिँदै गर्दा चिया पसलमा समेत भेटिन थालेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् । उमेश दाई चितवन आएको गएको थाहा हुँदैनथ्यो । आजकल त कार्यकर्ता जम्मा भएको ठाउँमा यसो हे¥यो भनै त्यहि भिडमा भेटिनुहुन्छ’, एक नेताले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>