राजनीति
दलविरूद्ध स्वतन्त्र उम्मेदवारी लोकतन्त्र विरोधी प्रवृत्तिः बाबुराम भट्टराई

काठमाडौं, असोज २६-
काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा वाम लोकतान्त्रिक गठबन्धनले प्रचार प्रसार समितिको कार्यालय स्थापना गरी चुनाव केन्द्रित अभियान सुरू गरेको छ। नागार्जुन ४ स्थित बाफलमा प्रचार कार्यालय शुभारम्भ गरी चुनाव केन्द्रित अभियान सुरू गरिएको हो। निर्वाचन प्रचार प्रसार समितिको कार्यालय शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिको लागि वाम लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए।
भट्टराईले प्रतिक्रान्तिविरूद्ध निर्माण भएको वाम लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वाभाविक रहेको बताए। दलविरूद्ध स्वतन्त्र उम्मेदवारी दिने प्रवृत्तिप्रति टिप्पणी गर्दै उनले स्वतन्त्र उम्मेदवारी लोकतन्त्र विरोधी प्रवृत्ति रहेको बताए। एक राजनीतिक दलको विकल्प अर्को पार्टीमात्र हुने बताउँदै भट्टराईले पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने बताए।


























