राजनीति
स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाको चुनाव चिह्न सेल रोटी
०

काठमाडौ,असोज २६-
काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेल रोटी चुनाव चिह्न पाएकी छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेकी उनले त्यस बेला तेस्रो स्थान प्राप्त गरेकी थिइन्।
उनी केन्द्रीय सदस्य रहेको विवेकशील साझा पार्टीमा टुटफुटको शृङ्खला देखिएपछि उनले विवेकशील साझाबाट राजीनामा दिएकी थिइन्। रञ्जुले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। रञ्जु राजनीतिसँगै सेल रोटीको व्यवसायमा समेत संलग्न छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























