राजनीति

घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिन्ह

Banner

बुटवल,असोज २६-

नेकपा एमाले छाडेर सत्ता गठबन्धनको समर्थनमा उमेदवार बनेका नेता घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन् । निर्वाचन कार्यतालिका अनुसार आज उमेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम अनुसार भुसाललाई त्रिभुज प्रदान गरिएको हो ।

रुपन्देही १ निर्वाचन अधिकृतको कार्यालयले भुसाललाई त्रिभुज निर्वाचन चिह्न प्रदान गरेको निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए । यहाँ एमालेका छविलाल विश्वकर्मा र भुसालबीच प्रतिस्पर्धा हुँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>