तनहुँ

पालिकाको साझेदारीमा तनहुँको अवरुद्व सडक खुलाउने प्रयास

Banner

तनहुँ, असोज २६-

तनहुँको दक्षिण क्षेत्रमा पर्ने श्रृङ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्ड पहिरोका कारण अवरुद्व बनेपछि यहाँका तीन पालिका मिलेर खोल्ने प्रयासमा लागेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाको साझेदारी लागतमा हिजोदेखि सडक खुल्ने कार्य अघि बढाइएको हो । गत मङ्गलबार परेको अविरल वर्षाका कारण सडक भासिएपछि अवरुद्ध सडकका कारण ठूला यातायातका सवारीसाधान ठप्प हँुदै आएको घिरिङ गाउँपालिकाले जनाएको छ ।

अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकैको सडक पहिरिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गरी चार जिल्ला गुड्ने सवारीसाधन ठप्प हँुदै आएका छन् । सडक मर्मत गर्नुपरेकाले आजदेखि उक्त सडक खण्डमा यातायात र सर्वसाधरणका लागि आवतजावत बन्द गरिएको छ । जिल्लाको भीमाद हँुदै गुड्ने श्रृगपथ सडक खण्डमा सडक भासिएपछि गत मङ्गलबारदेखि तनहुँसहित चार जिल्लाका सर्वसाधारणको आवागमन ठप्प हँुदै आएको छ ।

चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालको लागि दूर्बतर्फ सवारी साधन सञ्चालनको ब्यवस्था मिलाएर यात्रुलाई गन्तव्यसम्म पु¥याइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>