राजनीति

रुपन्देही २ मा सत्ता गठबन्धनका गुरुङको उमेदवारी खारेज, एमालेका पौडेल प्रतिस्पर्धी विहिन

Banner

रुपन्देही, असोज २६–
रुपन्देही २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका गुरुङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र स्वतन्त्र उमेदवार हिमाल बश्यालको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिए ।

गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार विहीन बनेको छ । गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको २ हजार जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

गुरुङ र भूसालको उम्मेदवारी खारेजी सँगै एमाले उपाध्यक्ष पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ प्रतिस्पर्धी विहीन जस्तै भएको छ । भुसालले स्वतन्त्र उम्मेदवारी दिनेभन्दै विगत ५ महिना देखि निर्वाचन क्षेत्र केन्द्रित विभिन्न समाजसेवा मूलक कार्यक्रम गर्दै आएका थिए । एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>