चितवन विशेष

भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार, ५० बेड क्षमता पुर्‍याइने

Banner

चितवन, असोज २५–
भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । २० बेडमा विस्तारित आकस्मिक कक्ष सोमबारदेखि सञ्चालनमा आएको हो । ओपिडी भवन नजिकै रहेको आकस्मिक कक्षलाई आगामी दिनमा ५० बेड क्षमताको पु¥याइने अस्पतालले जनाएको छ ।

पुरानो आकस्मिक कक्ष ३० वर्षअघि १२ बेड क्षमतबाट सुरु गरिएको थियो । अस्पतालको जम्मा बेड संख्याको दस प्रतिशत आकस्मिक बेड चाहिने प्रावधान छ । तर, ६ सय बेडको भरतपुर केन्द्रीय अस्पतालमा जम्मा २० बेडको आकस्मिक कक्ष थियो ।

नियमअनुसार ६०० बेडको अस्पतालमा ६० बेड आकस्मिक कक्ष हुनुपर्नेमा अझै बेड संख्या कम भएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>