चितवन विशेष

चितवन ३ मा बागी उमेदवारी दिएका कोइरालालाई उमेदवारी फिर्ता लिन कांग्रेसको आग्रह

Banner

चितवन, असोज २५–

चितवन ३ मा सत्ता गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध बागी उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई उमेदवारी फिर्ता लिन चितवन कांग्रेसले आग्रह गरेको छ । जिल्ला सभापति राजेश्वर खनाललगायतले सोमबार कोइरालासँग भेटघाट गरी बागी उमेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

चितवन ३ माओवादी केन्द्रलाई परेको छ भने चितवन १ र २ कांग्रेसको भागमा परेको छ । भेटघाटका क्रममा कोइरालाले आफ्नो उमेदवारी फिर्ता लिनका लागि नभएको बताएको एक नेताले जानकारी दिए । कोइरालालाई उमेदवारी फिर्ता लिएर गठबन्धनको पक्षमा खुल्न आग्रह गर्न जिल्ला सभापति खनालसहित उपसभापतिद्वय राजीब न्यौपाने र शालिग्राम शर्मा, सचिब ध्रुबराज पोख्रेल, सहसचिब गोपाल दराई र प्रवक्ता अनमोल अधिकारी निवास पुगेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>