राजनीति

विदेशी दबावमा परेर मलाई टिकट दिएनन्ः एमाले गंगा चौधरी

Banner

दाङ,असोज २५-

निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएसँगै दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् ।

‘मैले भारतको हस्तक्षेपबारे प्रश्न उठाउँदै आएकी थिएँ, यो कुरा सबैलाई थाहा छ, चुच्चे नक्साको समर्थनमा मैले आवाज उठाएकै हो,’ एमालेले यसअघि समानुपातिक तर्फ सांसद बनाएकी चौधरीले रोष प्रकट गरिन्, ‘तर आज नेकपा एमाले पनि बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन ।’

विगतमा प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको भन्दै उनले गर्व गरिन् । आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको दाबी गरिन् । उनले भनिन्, ‘मैले कुनै व्यक्तिगत स्वार्थबस हिजो उम्मेदवारी दिएकी होइन, मेरो एउटै स्वार्थ छ यो देश बचोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>