राजनीति

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

Banner

काठमाडौ,असोज २३-

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्‍डारीलाई कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गरे। हो सम्माननीय राष्ट्रपतिज्युलाई कोरोना संक्रमण भएको छ। केही दिन अस्पतालमै आराम गर्न हामीले सुझाएका छौं,उनले भने।

निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि डेंगुको संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>