चितवन विशेष

५० हजार बढी मतदातासंग प्रत्यक्ष सम्पर्कमा छु, जित्नेमा विश्वस्त छुः डा.भोजराज अधिकारी

Banner

चितवन, असोज २३–

बामलोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं.३ का उम्मेदवार डा.भोजराज अधिकारीले ५० हजार बढी मतदातासंग प्रत्यक्ष सम्पर्कमा भएकाले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

आज प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसंग कुरागर्दै डा.अधिकारीले बामलोकतान्त्रिक गठबन्धनको साथ र मतदातासंगको प्रत्यक्ष सम्पर्क नै आफ्नो जित्ने आधार रहेको बताए । ‘यस क्षेत्रमा करिव डेढ लाख मतदाता छन्, ती मध्ये ५० हजारसंग प्रत्यक्ष रुपमा मेरो सम्पर्क छ, गठबन्धनको साथले झनै मलाई सहज बनाउनेमा विश्वस्त छु’–डा.अधिकारीले भने ।

उनले माओवादी नेतृत्वले आफूलाई विश्वास गर्नुमा आफूमा देखिएको पोलिटिकल नेचर नै भएको बताए । ‘जनताले विज्ञता खोजीरहेको बेलामा मेरो नेचर देखेर नै पार्टीले मलाई विश्वास गरेको हुनुपर्छ’–डा.अधिकारीले भने ।

यस्तै उम्मेदवारी अधिकारीले आफू ६ ‘स’ को मर्मका साथ निर्वाचनमा होमिएको बताए । यसअघि चिकित्सकको रुपमा जनताको सेवामा रहेपछि अहिले मोडेल परिवर्तन गरेर जनताको सेवाका लागि चुनावी माहोलमा होमिएको अधिकारीले बताए । उनले भने–‘म पहिले पनि सेवामा थिए, अहिले पनि सेवामै हो मोडालिटी मात्रै परिवर्तन गरेको हो, मलाई के लाग्यो भने एउटा व्यक्ति– व्यक्तिलाई औषधि गरेर साध्य रैनछ, ५० जनालाई औषधि गरे भोलिपल्ट १०० जना आउनुहुन्छ, १०० जनालाई गरे भोलिबाट डेढ सय आउनुहुन्छ, यसरी तै पुरै देश नै रोगी रैछ, त्यही ६ वटा ‘स’ मा प्लानिङ गरेरै अघि बढेको छु ।’

उनले ६ ‘स’लाई व्याख्या गर्दै भने, ‘पहिलो ‘स’ सेवा, म सेवा गर्न चाहन्छु दोस्रो स्वास्थ्य भरतपुरलाई मेडिकल सिटी बनाउने र मेडिकलहबहरुलाई कोरिडोरको रुपमा जोड्ने प्रयत्न गर्नेछु, स्वास्थ्य बिमालाई निःशुल्क बनाउने, तेस्रो शिक्षा हो शिक्षा बिना केही पनि सम्भव छैन, चौथो स्वरोजगार, पाँचौं सामाजिक सुरक्षा र छैटौं सडक सञ्जाल हुन् ।’

यसक्षेत्रबाट प्रदेश ३ (क)मा कांग्रेसका डा.सूर्यकान्त घिमिरे र ३ (ख)मा माओवादीका ठाकुर ढकाल उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>