चितवन विशेष
चितवन ३ मा जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने
०

चितवन,असोज २३-
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नं.३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेता पौडेलले चितवन ३ मा कांग्रेसकै नेता–कार्यकर्ताहरुको दबावमा उम्मेदवारी दिन लागेको बताए ।
सत्ताधारी गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए । महानगरमा उनले करिब १५ हजार मत ल्याएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























