काठमाडौँ
काठमाडौं ५ मा ईश्वर पोखरेलसँग प्रदीप पौडेल चुनाव लड्ने
०

काठमाडौं असोज २३-
काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो ।
यही क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























