राजनीति

काठमाडौँ ७ बाट उठ्दै मानुषी भट्टराई

Banner

काठमाडौँ, असोज २२–

डा.बाबुराम र हिसिला यमीकी छोरी युवा नेतृ मानुषी भट्टराई काठमाडौँ ७ बाट उठ्ने भएकी छन् । प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रबाट मानुषी चुनाव लड्न लागेकी हुन् । माओवादीबाट टिकट पाएको उनले पुष्टि गरिन् ।

सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं( ७ माओवादीको भागमा परेको थियो। २०६४ को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उनकी आमा हिसिला यमी विजयी भएकी थिइन् भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी हारेकी थिइन्।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दा स्वर्ण पदक जितेकी मानुषी हाल विद्यावारिधि गर्दै छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>