राजनीति
अग्नी सापकोटाले पनि उम्मेद्वारी नदिने
०

काठमाडौं, असोज २२ –
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























