राजनीति
एमाले र जसपाबीच सहमति, १४ जिल्लाका ३५ सिट एमालेलाई, १७ सिट जसपालाई
०

काठमाडौं, असोज २२–
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सहमति भएको छ । १४ जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।
मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























