चितवन विशेष
चितवन–१ मा सुरेन्द्र पाण्डेले पाए टिकट, थपलिया र खनाल प्रदेशमा लड्ने
०

चितवन, असोज २२–
नेकपा (एमाले)ले चितवन क्षेत्र नं १ मा निर्वाचन लड्न सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ । लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पाण्डेले टिकट हात पारेका हुन् । चितवन–१ मा जेएन थपिलायाले दाबी गर्दै आएका थिए ।
थपलियाले चुनावको प्रचारप्रसार समेत सुरु गरिसकेका थिए । एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । उनले निर्वाचन क्षेत्र नं १ (क)को टिकट पाएका छन् । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ (ख)को टिकट पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























