राजनीति

बाबुरामले भने–गोरखा २ बाट प्रत्यासी बन्ने प्रचण्डको निर्णय स्वागतयोग्य, शानदार विजयको कामना

Banner

चितवन, असोज २२–
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोरखा २ बाट निर्वाचन लड्ने निर्णयलाई स्वागतयोग्य भनेका छन् । यस पटक चुनाव नलड्ने घोषणा गरेका भट्टराईले ट्विटरमार्फत प्रचण्डलाई शानदार विजयको शुभकामना पनि दिएका छन् ।

यसअघिका निर्वाचनमा भट्टराई गोरखा २ बाट निर्वाचित हुँदै आएका थिए । प्रचण्डकै लागि उनले यस पटक चुनाव नलड्ने घोषणा गरेर प्रचण्डलाई ठाउँ खाली गराइदिएका हुन् । प्रचण्डले चितवन ३ छाडेर यस पटक गोरखा २ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना’, भट्टराईले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>