राजनीति

सिटका लागि जनताको बलिदानलाई लात हानियोः बाबुराम भट्टराई

Banner

काठमाडौं,असोज २१-

नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक धरातल खस्किँदै गएको बताएका छन् । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरूले राजनीतिलाई अवसरवादको अध्यारोमा लगेको आरोप लगाएका हुन् ।

विभिन्न समयसामयिक राजनीतिक गतिविधि र नेताहरूप्रति लक्षित गर्दै शनिबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्छन्,’चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद् छ । एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौँ !’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>