Breaking News

प्रत्येक निर्वाचनमा नयाँ क्षेत्रमा चुनाव लड्ने गरेको छु, यसपटक पनि नयाँ ठाउँ खोजेको हुँः प्रचण्ड

०
Banner

चितवन, असोज २०–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुन ठाउँबाट चुनाव लड्ने भन्ने विषय अझै टुंगो नलागेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाका वडाअध्यक्षहरुसंग आज भएको भेटमा अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्रको बारेमा अझै टुंगोमा पुग्न बाँकी रहेको बताएका हुन् । उनले पार्टीले गर्ने निर्णय अनुसार नै आफू निर्वाचनमा होमिने बताए । ‘पार्टीले जे निर्णय गर्छ म त्यही ठाउँबाट चुनाव लडछु, चितवन ३ पनि हुन सक्छ गोरखा २ पनि हुन सक्छ’–प्रचण्डको भनाईलाई उदृत गर्दै भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले नारायणी अनलाइनसंग भने ।

प्रचण्डले चितवनबाट गएको डेलिगेशन टोलीलाई आफूलाई चितवन ३ बाटै निर्वाचन लड्ने प्रस्ताव पार्टी र गठबन्धनमा लैजाने आश्वासन दिए । ‘तपाईहरु पनि आउनु भयो, भोलि चितवनबाटै अर्को टोली आउदैछन्, गोरखाबाट पनि यतै आउनुप¥यो भनेर डेलिगेशन आउँदैछन्, सबैको सल्लाह अनुसार अघि बढ्छु’–प्रचण्डले भने । उनले आफू प्रत्येक निर्वाचनमा फरक क्षेत्रबाट चुनाव लडेको स्मरण गराउँदै यसपटक पनि नयाँ ठाउँबाट चुनाव लड्न चाहेको बताएका थिए ।

‘प्रत्येक निर्वाचनमा अर्को क्षेत्रबाट लड्ने गरेको छु, यसपटक चाँही चितवन ३ नम्बरबाटै लड्न खोजेको थिए तर देशका धेरै ठाउँबाट चुनाव लड्ने प्रस्ताव आएकोले सल्लाहमै छु’–प्रचण्डको भनाईलाई उदृत गर्दै महतोले भने । प्रचण्डले गठबन्धनबाट पनि शीर्ष नेता कहाँबाट लड्ने भन्ने निर्णय हुनुपर्ने भएकाले अहिले छलफल जारी रहेको बताएका थिए ।

प्रचण्ड २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट जितेका थिए । त्यसअघि उनी रोल्पा, काठमाडौँ, सिराहालगायत ठाउँबाट चुनाव लडेका थिए ।

प्रचण्डलाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्दै भरतपुर महानगरपालिकाका वडा अध्यक्षहरु आज काठमाडौं डेलिगेशनमा गएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीबाट निर्वाचित वडा अध्क्षहरु प्रचण्डलाई चितवनबाटै चुनाव लड्न आह्वान गर्दै डेलिगेशनमा गएका हुनु । उनीहरुले अध्यक्ष प्रचण्डसंगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग पनि भेट गरेका छन् ।

भेटमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसंगै उद्योगी, व्यवसायीहरु समेत सहभागि थिए । वडा अध्यक्षहरुले चितवनको विकासमा प्रचण्डको आवश्यकता अपरिहार्य रहेकाले चितवन ३ बाटै चुनाव लड्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने भन्दै डेलिगेशन टिमलाई धन्यवाद दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>